काठ्माडौं : धनगढी अनेरास्ववियुकी नेतृ राजमती (रक्षा) बम युवतीमाथि ब्ल्याकमेल गरि पाँच लाख रुपैयाँ मागेको आरोप लागेको छ ।
प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको चोरी तथा अपराधिक लाभ सम्बन्धी मुद्दामा पक्राउ परेकी बमले ब्ल्याकमेल गरेको आरोप छ ।
बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध चोरी तथा आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
धामीले दिएको जाहेरीपछि बमलाई ओशो तपोवन क्षेत्रबाट प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
Facebook Comments Box