धनगढी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रम शुरु गरेको छ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ र बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले बुधवार दुर्व्यसनविरुद्ध आमाहरु कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
डीआईजी खापुङले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरेर “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको बताए।
बालबालिकाहरुसँग आमाहरुले बढी समय दिनुका साथै उनीहरुको बानी व्यवहारसमेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोराछोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा बानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको उनको भनाई थियो।
लागुऔषध दुर्व्यसनीबाट हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने उनले बताए।