धनगढीः बहुविबाह मुद्दाका धनगढीको फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका-१५ उर्माका ३५ वर्षीय कुबेर चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी-२ ट्राफिक चोकबाट पक्राउ गरेको जनाएको छ।
फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ।
Facebook Comments Box