डडेल्धुरा– डडेल्धुराका एक युवकको काठमाडौंमा स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ । काठमाडौंको बबरमहलमा आइतबार राति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक डडेलधुराका २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो । उनी काठमाडौंको कोटेश्वर बस्दै आएका थिए ।
Facebook Comments Box