सुर्खेत : रुकुम पश्चिमको भड्नीगारे सामुदायिक वनमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका-३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेकी छन् । पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले उनको शव जिल्ला अस्पताल सल्लेमा ल्याइसकिएको बताए ।
प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि आगोले नष्ट भएका छन् ।
आगो अझै नियन्त्रणमा भने आएको छैन । त्यहाँ अहिले प्रहरीको रोहवरमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
Facebook Comments Box