काठमाडौं : नेपाल प्रहरीका एआइजीहरुको सरुवा र पदस्थापनको तयारी थालिएको छ। स्रोतका अनुसार सम्भवतः आजै मन्त्रीपरिषद्ले एआइजीहरुको सरुवा तथा पदस्थापनको निर्णय गर्ने जनाइएको छ।
स्रोतको भनाई अनुसार सरकारले प्रहरी प्रधान कार्यालयका केही एआइजीको सरुवा गर्दै एकेडेमी र प्रधान कार्यालयमै नयाँ एआइजीको पदस्थापनको तयारी गरेको छ।
अस्तीमात्रै बढुवा भएका एआइजीद्वयको पदस्थापन आजै हुनसक्ने बताइएको छ।
हालै एआईजीद्वय सन्दीप भण्डारी र मिरा चौधरीले उमेरहदका कारण अवकाश पाएपछि रिक्त एआईजी पदमा दुई डीआईजी उमेश जोशी र भीम ढकालको बढुवा सिफारिस भएको थियो। उता प्रहरीका चिफ बसन्त बहादुर कुँवर भने फ्रान्समा छन्। उनी पनि आजै नेपाल फर्किने कार्यक्रम छ।
Facebook Comments Box