काठमाडौं: गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गा सिंह चन्दलाई दिइएको छ। शुक्रवार गृहमन्त्रीस्तरीय निर्णयबाट चन्दलाई गण्डकीमा सरुवा गर्दै जिम्मेवारी दिइएको हो।
उनी यसभन्दा अगाडि भरतपुरस्थित तालिम शिक्षालयकी प्रमुख थिइन्।
गण्डकीको प्रहरी प्रमुखमा रहेका डीआईजी विकासराज खनाल हालै उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। त्यसपछि त्यहाँ चन्दलाई पठाइएको हो।
Facebook Comments Box