कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक जना सहसचिवलाई बर्खास्त गरिएको छ ।
लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका सहसचिव डा . कमलराज गैरेलाई सेवाबाट हटाइएको छ । मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयानुसार उनलाई सेवाबाट हटाइएको जानकारी दिइएको छ।
जारी सूचनामा भनिएको छ,‘मिति २०८०–०१–०२ देखि (लगातार नब्बे दिनभन्दा बढी समय)अनुपस्थित रहनुभएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६१ ९१० को खण्ड ९६० को देहाय ९१० बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम ९३० को प्रतिबन्धात्मक बाक्याँसबमोजिम नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णयानुसार सेवाबाट हटाउने निर्णय भएकोले निजामती सेवा नियमावली, २०५० को नियम ११४ को खण्ड (घ) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’
Facebook Comments Box