काठमाडौँ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदिमा डुबेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
आज (वैशाख १४ गते) धरान उपमहानगरपालिका–३ बस्ने २३ वर्षीय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका–३ बस्ने २१ वर्षीय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदीमा डुबेका थिए ।
सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो।
उनीहरुको अवस्था भने सामान्य रहेको छ सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
Facebook Comments Box