काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुअरीयता युक्रेनमा जारी रुसी आक्रमणमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएकोहोछ । यद्यपि युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरको भनाइ छ ।
शुक्रबार यता मात्रै २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विष्फोटक हतियारहरूबाट मारिएको ओएचसीएचआरलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमा जारी आफ्नो सैनिक गतिविधिलाई ‘युक्रेनलाई निशस्त्रीकरण’ र ‘अनाजीकरण’ विरुद्ध ‘विशेष कारवाही’ बताउँदै आएको छ । यद्यपि यस्तो रुसी दाबीलाई युक्रेन र पश्चिमा मुलुकहरुले निराधार बताउँदै आएका छन् ।
Facebook Comments Box