काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले जिम्मेवारी सम्हालेका छन्। आज (आइतबार) रजौरेले काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका हुन्।
एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेको बताइएको छ। काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनको दाबी छ।
रजौरे उनै विवादित प्रहरी अधिकारी हुन्, जसमाथि धनुषा प्रहरीको प्रमुख (एसपी) हुँदा कारबाही भएको थियो। आर्थिक अनुशासन कायम नराखेकोमा उनले कारबाही भोगेका थिए।
Facebook Comments Box