काठमाडौं: प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्दले गण्डकी प्रदेश प्रहरी कार्यालयको कमाण्ड सम्हालेकी छन्। सोमबार पोखरा पुगेकी उनले प्रदेशको प्रहरी कमाण्ड सम्हालेकी हुन्।
यसअघि पोखराका डीआईजी विकासराज खनाल अनिवार्य अवकाशमा गएपछि सिंहलाई सरुवा गरेर गण्डकी प्रदेश पठाइएको थियो। सिंहलाई उपत्यका प्रहरी रानीपोखरी काठमाडौंबाट पोखरा पठाइएको हो।
पदभार ग्रहणपश्चात उनले तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखेर प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोबल बढाउने गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप सञ्चालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु रहेको बताइन्।
यस्तै आजै उता काठमाडौंमा एसएसपी सानुराम भट्टराईले उपत्यका अपराध महाशाखाको पदभार ग्रहण गरेका छन्।
सोमबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन्। गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा भट्टराईको केही दिन अगाडी सरुवा गरेको थियो।
यसैक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख एआईजी दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग सरुवा भएका एसएसपी भूपेन्द्र बहादुर खत्रीको बिदाई पनि गरिएको थियो।