धनगढी: कैलालीमा हालै प्रहरीकै हवल्दारलाई एक दिन थुनामा राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दारलाई थुनामै राखिएको पाइएको हो।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सहायक हवल्दार गोकर्णराज जोशीलाई केही दिन अगाडि १ दिन थुना राखिएको र थप कारबाही अगाडि बढाइएको हो।
विभागीय अनुशासन नमानेको भन्दै उनलाई कारबाही गरिएको बताइएको छ। स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गर्दथे भने जुवातास पनि खेल्ने गरेको बताइन्छ।
Facebook Comments Box