काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फिर्ता भएका छन् ।
कन्फरेन्समा मुख्यगरी अन्तराष्ट्रिय संगठित अपराधका बारेमा छलफल भएको थियो । अन्तराष्ट्रियस्तमा हुने अपराध नियन्त्रणमा इन्टरपोलका १९६ वटै सदस्य राष्ट्रहरुका एनसीबी प्रमुखहरू र इन्टरपोल महासचिव तथा पदाधिकारीबीच छलफल भएको थियो ।
महानिरीक्षक कुँवरलाई स्वागत गर्न विमानस्थलमा अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरु पुगेका थिए। कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गरेका थिए।
Facebook Comments Box