धनगढी: नेपाल प्रहरीका काविल अफिसर मानिने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत विष्ट उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका हुन्।
उनी यस अगाडि पनि सम्मानित भएका थिए।
यस अगाडि नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जमा कार्यरत रहँदा पनि उनी सम्मानित भएका थिए। तत्कालीन आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनी नगद पुरस्कारसहित सम्मानित भएका थिए भने अहिले पनि उनी सम्मानित भएका हुन्।
उनी प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरुप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अर्डर आदेशको पालना गर्नुका साथै दिइएको जिम्मेवारी पूर्ण इमान्दारी, बफादारी, प्रसंशनीय तथा अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै सम्मानित भएका हुन्।
उनलाई हालै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सम्मान गरिएको हो।
२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए भने २०७९ साल साउनमा एसएसपीमा बढुवा भएका थिए।
इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसएसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन्। एसएसपी विष्ट इन्सेपक्टर र डिएसपी हुदा अति चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक उत्कृष्ट काम गरि धेरैपटक पुरस्कृत भैसकेका छन्।
यस्तै उनी देशमा विभिन्न समयमा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानमा खटिएर दक्षता समेत देखाएका प्रहरी अधिकृत ठहरिन्छ्न्।
हालका आइजीपीकै ब्याचका एसएसपी बिष्ट निकट भविष्यमै गरिने डीआइजी बढुवाको लाइनमा समेत छन्। उनै एसएसपी बिष्ट हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा कार्यरत छन्।