काठमाडौं: नेपाल प्रहरीका केही एसपीको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ४ एसपीको काज गरेको हो।
जसमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ।
यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो।
यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।
Facebook Comments Box