धनगढी : धनगढी विमानस्थलमा कुकुर पसेपछि काठमाडौंबाट उडेको जहाज ढिला अवतरण भएको छ। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको टोली सवार जहाज ढिलोगरी अवतरण भएको हो।
करिव ७ बजेको समयमा विमानस्थलको रनवेमा कुकुर पसेपछि जहाज ढिलोगरी अवतरण गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सो जहाजले करिब ७ मिनेट आकाशमा फन्को मारेको थियो।
सो जहाजमा नेपाल प्रहरीका प्रमुख आइजीपी वसन्त बहादुर कुँवर, नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापासमेतको टोली सुदूरपश्चिम आएको थियो।
सो टोली आज धनगढीस्थित एक होटलमा बसेको र भोलि सुदूर पहाडको भ्रमणमा निस्किने जनाइएको छ।
यस अगाडि सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै सुदूरपश्चिम पुगेका थिए। आइजीपी अर्याल हिजो धनगढी बसेकोमा आज उनले कञ्चनपुरको झलारीस्थित एपीएफ स्कुलको उद्घाटन गरेका छन्।
र, यो पनि: सशस्त्रका आइजीपी अर्याल सुदूरपश्चिम आउँदै
सशस्त्रका हिजै आए, प्रहरी र जासुसका आइजीसहित गृह सचिव आज सुदूरपश्चिम पुग्दै