काठमाडौं– देशका विभिन्न ठाउँमा अहिले मौसम बदली भइरहेको छ । विशेष गरेर मुलुकका पहाडी भूभागमा बदली रहेको छ । स्थानीय वायु, भारतको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा मौसम बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भूभागका केही र तराईका एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Facebook Comments Box