काठमाडौं: जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सप्ताह २०८१ को सुभारम्भ गरेको छ। सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा सो सप्ताह थालिएको हो।
अस्ति २५ गतेदेखि थालिएको सो सप्ताह आगामी बैशाख ३१ गतेसम्म संचालन हुने जनाइएको छ। ट्राफिक सप्ताह २०८१ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गरेका थिए। जसमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षता थियो।
कार्यक्रममा ट्राफिक सुरक्षा, सडकको सही प्रयोग, सवारी दुर्घटना न्यूनीकरण लगायतका सवालमा जनचेतनामूलक एवं विभिन्न प्लेकार्ड, व्यानर, सांस्कृतिक झाँकीसहित प्रभातफेरी र्यालीसमेतको कार्यतालिका छ। यस्तै सप्ताहले भाडा तोक्नेदेखि अन्य विभिन्न समस्या समाधानको विषयमा पनि जोड दिने जनाइएको छ।