कञ्चनपुरः चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ बैशाख २३ गतेको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका-२ घर भइ हाल बाँकेको कोहलपुर नगरपालिका–११ बस्ने भोजप्रसाद चापागाई पक्राउ परेका हुन्। चापागाईलाई इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले पक्राउ गरी आवश्यक कारवाहीको लागि सोमवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ।
यस्तै चोरी मुद्दामा फरार रहेका कैलालीको बर्दगोरीया गा.पा.४ बस्ने बर्ष २६ को रमेश चौधरीलाइ पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीकोले चोरी मुद्दामा ५० हजार जरिवाना ठहर भई फरार रहेका चौधरीलाई सोमबार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।
Facebook Comments Box