धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालका नयाँ डीआइजी आएका छन्। हालै सरुवा भएका नयाँ डीआइजी दिपक अधिकारी सुदूरपश्चिम आइपुगेका हुन्।
उनी दरबन्दी एवं आज (मंगलबार) सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनी अत्तरिया, कैलालीमा हाजिर भएको बताइएको छ। उनको बाहिनी लगायतका स्थानमा स्वागत कार्यक्रम जारी छन्।
यस्तै यहाँबाट सरुवा भई गएका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको विदाई पनि गरिएको छ।
आजमात्रै नेपाल प्रहरीको प्रदेशस्थित धनगढीको मुख्यालयमा प्रहरीका डीआइजी, राष्ट्रिय अनुसन्धान विभागका डीआइजी लगायतले उनीहरूको स्वागत र विदाई गरेका थिए।
नयाँ डीआइजी अधिकारीले भने भोलि कार्यभार सम्हाल्ने जनाइएको छ। यस अगाडि सशस्त्र प्रहरी बल नेपालका सुदूरपश्चिम प्रदेशका प्रमुख डीआइजी न्यौपाने र एसएसपी रमेश कुमार पाण्डेको सरुवा भएको थियो। गत (मंगलबार) गृहमन्त्रालयले डीआइजी न्यौपाने र एसएसपी पाण्डेको सरुवा गरेको हो।
उनीहरू दुबै जनाको काठमाडौं सरुवा भएको हो। डीआइजी न्यौपानेको प्रधान कार्यालयस्थित आइजीपीको सचिवालय र एसएसपी पाण्डेको सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं सरुवा भएको जनाएको थियो।
यस्तै अहिले न्यौपानेको स्थानमा डीआइजी दिपक अधिकारीलाई पठाइएको हो। उनी सशस्त्र प्रहरी बल नेपालको नम्बर ५ विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीबाट सरुवा भएर आएका हुन्। यस्तै एसएसपी पाण्डेको स्थानमा भने उद्धव बहादुर न्यौपाने आउने भएका छन्। उनी सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट आउन लागेका हुन्।