काठमाडौँ : काठमाडौँको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरिएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए ।
उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ ।
स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
Facebook Comments Box