काठमाडौं – जिम्बाब्वे ए टोलीसँगको बाईल्याटरल क्रिकेट सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको टी–ट्वान्टी सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले जीम्बाब्वे ए टोलीलाई ८ विकेटले पराजित गरेको हो ।
१ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायो । नेपालको जितमा आसिफ शेखले ८७ र कुशल भुर्तेलले ३४ रन जोडे । ५४ बलमा १३ चौका र १ छक्का प्रहार गरी ८७ रनको योगदान गरे । कुशल भुर्तेलले भने २६ बलमा २ चौका र २ छक्का प्रहार गर्दैँ ३४ रन जोड्न सफल भए । टस जितेर पहिले नेपालले फिल्डिङ रोजेसँगै जिम्बाब्वले ब्याटिङको निम्तो पायो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनायो । जिम्बाब्वेलाई उच्च योगफल बनाउनबाट रोक्न नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामीले र बसिर अहमदले १–१ विकेट लिए ।