कैलाली : कैलालीमा यो वर्ष आलु उत्पादन बढेको छ। यो बर्ष ६ प्रतिशतले उत्पादन बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्ष चार हजार ५१२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार ७६० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले बताए ।
उनका अनुसार यो वर्ष चार हजार ५८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ७२ हजार १३० मेट्रिक टन उत्पादन भएको छ।
गत वर्षको तुलनामा यो वर्ष चार हजार ३७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए।
उनले यो वर्ष थोरै क्षेत्रफल पनि बढेको , आलु उत्पादनमा मौसमले पनि प्रभाव पारेको र यो पटक हिउँदमा हुस्सु पनि नलागेकाले पनि उत्पादन वृद्धि भएको बताए ।
किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा पे्ररित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदै आएको सूचना अधिकारी जोशीले बताए।