काठमाडौं : विपक्षी दलहरूको बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बिहान संसद् भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुने गरी संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय भएको शाहीले बताए । ‘सहकारीको मुद्दालाई लिएर विपक्षी दलहरू सडकमा पनि सँगै जाने कुरा भएको उनको भनाइ छ ।
विपक्षी दलको बैठकमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाका नेताहरू सहभागी थिए ।
Facebook Comments Box