काठमाडौँ : सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न बैठक बस्दैछ।
शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकमा टीओआबारे सहमतिका लागि थप प्रयास हुन लागेको हो।
पोखराको सुर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम राख्नुपर्ने अडान नेपाली कांग्रेस लचक भएको शुक्रबारको छलफलमा नेताहरूले बताएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, गृहमन्त्री लामिछानेको नाम जोडिएको सहकारीको छानबिन गर्न नाम राख्ने विषयमा समस्या छैन।
तर, रविको नाम नराखे ‘गोरखा मिडिया ग्रुपका प्रबन्ध निर्देशक’ राख्नुपर्ने कांग्रेसको माग छ।
Facebook Comments Box