काठमाडौं : अदालतको अवहेलना मुद्दामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई कैद सजायको आदेश भएको छ।
जिल्ला अदालत काठमाडौंले मेयर अधिकारीलाई १ महिना कैद सजाय सुनाएको हो ।
अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले उक्त कार्यलाई अदालतको अवहेलना भन्दै उनलाई कैद सजाय सुनाएको हो ।
अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।
Facebook Comments Box