धनगढी: कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सरुवा भएको छ। उनको आज सरुवा भएसँगै उनको स्थानमा नारायण प्रसाद सापकोटा पठाइएका छन्।
गृह मन्त्रालयले आज (बुधबार) कञ्चनपुरसहित १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा पदस्थापन गरेको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।
Facebook Comments Box