काठमाडौ : मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ ।
सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध गरिएको हो ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारालाई संघीय सरकारले बेवास्ता गरेको नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए ।
रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरुले ध्यान नदिएको उनको भनाई छ ।
एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् ।
Facebook Comments Box