काठमाडौं : सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न गठित संसदीय संसदीय छानबिन विशेष समितिले काम थाल्ने तयारी गरेको छ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गरेपछि अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक व्यवस्थापनमा जुटेको हो।
कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने बताए।
प्रतिनिधि सभाले समिति गठन भएको ७ दिनभित्र काम गर्न समय दिएको छ।
प्रक्रिया अघि बढाउनको लागि आवश्यक पर्ने विषय विज्ञ र अन्य आवश्यक सामाग्रीहरुको जुटाउनतिर लागेको बताए।
उनले अब एकदुई दिनभित्रमा समितिले औपचारिक रुपमा काम थाल्ने बताए।
समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताकोको उपायसहितको सुझाव दिनेछ। कार्यादेशमा समस्याग्रस्त २९ सहकारीको नाम समेत उल्लेख छ। जसमा गृहमन्त्री संलग्न भएको ९ सहकारीलाई बेग्लै अनुसूचीमा राखिएको छ। समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउनको लागि तीन महिना समय दिएको छ।