काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पर्यटन मन्त्री बनाउने तयारी थालिएको छ। उनलाई चाडैं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिने तयारी थालिएको हो।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई केही दिनमै मन्त्री नियुक्त गर्नेछन्। कति समय लाग्छ थाहा भएन तर पर्यटन मन्त्रालय दिने भन्ने सहमति भएर सरकारमा जाने तयारी भएको श्रेष्ठले महेन्द्रनगरपोष्टलाई बताइन्।
हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ छन्। उनलाई फिर्ता बोलाएर उनको स्थानमा श्रेष्ठलाई मन्त्री बनाउने तयारी थालिएको हो। श्रेष्ठ रेशमलाल चौधरीकी पत्नी हुन्। केही समयदेखि उनीहरूबीच खटपट भएको कुराले चर्चा पाइरहेको छ।
Facebook Comments Box