काठमाडौँ : आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।
आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।
त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभाको बैठक मंगलबार आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सक्ने र अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची छ।
दिउँसो सवा १ बजे शुरु हुने बैठकमा बजेटबारेको छलफल चल्ने र अन्त्यमा अर्थमन्त्री पुनले जवाफ दिने कार्यसूची रहेको हो।