काठमाडौं: लोक सेवा आयोगले लिएको परीक्षामा चिट चोर्ने एक जना कारबाहीमा परेका छन्।
गत वैशाख ३० र जेठ १ गते सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदका लागि लिइएको लिखित परीक्षामा सहभागी ललितपुरको इकुडो–१, का बुद्ध बोम्जनलाई कारबाही गरिएको हो।
उनले अंग्रेजी विषयको लिखित परीक्षामा चिट चोरेको पाइएपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ।
उनले अब आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सामेल हुनसमेत नपाउने भएका छन्।
Facebook Comments Box