काठमाडौँ: नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीबारे अनुसन्धान गर्नुपर्ने भएकोले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
स्रोतका अनुसार उनीबिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ। शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको बताइएको छ।
प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका उनी इन्जेलिजेन्स शाखामा कार्यरत छन्।
Facebook Comments Box