धनगढी : नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा बाजुराला पदम ओली नियुक्त भएका छन् ।
नेपाल सरकार उद्योग मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।
उद्योग मन्त्रालयले ओली सहित सिर्जना श्रेष्ठ र संजयलाल मानन्धरलाई सिफारिस गरेको थियो ।
सिफारिस गरिएका ३ जना मध्ये बाजुराका पदम ओलीलाई नियुक्ति दिने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो । १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ओली सहीत तीन जना पहिलो चरणमा सिफारिस भएका थिए ।
महाप्रबन्धकका लागि मन्त्रालयले जेष्ठ २२ गते सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले २ दिन पछि नियुक्तिका लागि निर्णय गरेको हो ।
ओली नेपाल औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्ती हुने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् । यस अघि सोही क्षेत्रको अध्यक्षमा भने बाजुराका दयालबहादुर शाही सिफारिस भएका थिए । शाही हाल प्रतिनिधी सभाको सांसद छन् ।
को हुन् ओली ?
महाप्रबन्धकमा नियुक्त ओली बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ ओलीगाउँका स्थायी बासीन्दा हुन् । कक्षा ५ सम्मको पढाइ सकेर काठमाडौ गएका ओलीले एसएलसी र कक्षा ११ र १२ सम्मको शिक्षा पनि काठमाडौंमै पुरा गरे । काठमाडौं इन्जिनियरिङ कलेजबाटै विई र एमई सकाएका ओली सानै देखि नेकपा एमाले निकट राजनीतिमा सक्रिय थिए ।
२०६५ सालमा अनेरास्ववियुको तर्फबाट काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियुमा लडेका ओली सोही कलेजको प्रारम्भीक कमिटी अध्यक्ष भएर काम गरेका थिए । बाजुरा काठमाडौं सम्पर्क कमिटीको सहसचिव, सचिव हुँदै अध्यक्ष भएर काम गरेका ओली सम्पर्क कमिटीको सचिवालय सदस्य सम्मको जिम्मेवारी सम्हालीसकेका छन् ।
इन्जिनियरिङ एसोसिएसन पीनको बाग्मती प्रदेश अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य र बाग्मती प्रदेश इन्चार्जको भूमिकामा भएर ओली सक्रिय छन् । अनुभव र अध्ययन बिशिष्ठ योग्यता भएका ओलीले राज्यको कार्यकारी पदमा भएर काम गर्ने अवसर पाउँदा आफू खुसी भएको बताएका छन् ।
उमेरमा ३५ पुगेका ओलीले प्राप्त अवसरलाई सफलता पूर्वक निर्वाह गर्ने र केही गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
महाप्रबन्धक पदमा योग्य ठान्ने र जिम्मेवारीका लागि विश्वास गर्ने नेपाल सरकार, उद्योग मन्त्रालय र सिंगो मन्त्री परिषद्को निर्णयलाई सम्मान हुने काममा सक्रिय रहने बताएका छन् ।