धनगढी : डडेलधुराको अजयमेरु गाउँपालिका ६ देवल दिब्यपुरका २६ वर्षीय पदमसिंह खड्काको ब्लड क्यान्सरका कारण हिजो राति मृत्यु भएको छ।
उनी केही समयदेखि काठमाडौंको पाटन हस्पिटलमा उपचाररत थिए। खड्का नेपालकै एक होटलमा म्यानेजरको रूपमा कार्यरत थिए।
उपचारका क्रममा लामो समयदेखि संघर्ष गरिरहेका खड्कालाई बचाउन चिकित्सकहरूले सक्दो प्रयास गरेका थिए तर अन्ततः उनको ज्यान जोगाउन सकेनन्।
उनको अन्तिम संस्कार आज नै गरिने छ।
Facebook Comments Box