काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच जनाको टोलीसहित भोलि नयाँ दिल्ली जान लागेका छन्। उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीको स्वकीय सचिव तथा छोरी गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम रहने बताइएको छ।
प्रधानमन्त्री दाहाल भोलि साँझ नयाँ दिल्लीमा आयोजना गर्न लागिएको भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री पर्सि साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ।
Facebook Comments Box