एजेन्सीः लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन्। भारत सरकारले मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई नियुक्त गर्न लागेको हो।
हाल उनी उपप्रधानसेनापति पदमा कार्यरत छन्। प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन्। वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो। गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो।
उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो।
Facebook Comments Box