बैतडी : बैतडीको पाटन नगरपालिका-६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्पर्कमा नभएको आफ्न्तले बताएका छ्न । बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर रगताम्य जमिन देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी कार्य भइरहेको छ । ती शिक्षिकाले केही पुरुषको समुह प्रयोग गरेर हत्या गरेको आफ्न्तको आरोप छ ।
महिलाले केहीको नाम प्रहरीलाई बताएपपछि प्रहरीले फरार रहेका पुरुषहरुलाई पक्राउ गर्न खटीएको स्रोतले बताएको छ । महिलाले अहिले दुई जना पाटन नगरपालिका ६ भित्रकै व्यक्तीका नाम बताएको र एक जना प्रहरीकै निगरानीमा राखिएको बुझीएको छ ।
स्थानीयले अहिले हत्यारा खोजीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् । सडक आन्दोलन गर्ने तयारी थालिएको आफ्त दिपक बिष्टले बताए ।
शिक्षिकाको श्रीमानको केही बर्ष अगाडी मृत्यु भइसकेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।