काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए ।
उनले डोटीमा सेती नदी र गण्डिगाड खोलाले कटान गरेको जोखिममा रहेको बस्ती र विद्यालयमा बजेट नहालेको भन्दै आक्रो व्यक्त गरेका हुन ।
उनले भने-डोटी जिल्लाको नाम किताबमै छैन । कतिपय सत्तापक्षका माननीयहरुकोमा बजेट परेको होला । म अनुरोध गर्न चाहन्छु, यो जाजरकोटमा बजेट कमै भएको रहेछ माननीय शक्ति बस्नेतकोमा । तपाईंहरुको कटौती गरेर पनि दिइदिनुस् । मन्त्री एउटा जिल्ला, पालिकामा मात्रै सीमित हुने रु मन्त्री सिंगो देशको होइन रु पटक पटक मन्त्री भएको मान्छेले सबैलाई समेट्न पर्दैन ? म ७० सालदेखि निरन्तर तीन पटक निर्वाचित भएर आएको छु ।
डोटेली जनताले मलाई माया गरेर जिताइराख्नु भएको छ। तर माननीयज्यूले सुन्नुभएन । म खेद व्यक्त गर्न चाहन्छु । म ऊर्जामन्त्रीलाई भन्न चाहन्छु, तपाईं मन्त्री भइराख्नुस्, सधैं जाजरकोटमा बजेट लगिराख्नुस् । तपाईंलाई शुभकामना छ । त्यहाँको बस्ती डुबान भयो भने छोड्नेवाला छैन, खबरदार १ यदि बस्ती डुबान भयो, बगेर गयो, मानवीय क्षति भयो भने यही सदनमा बदला लिने अवस्था आउनसक्छ । डोटेली जनताले यो कुरा बोल भनेर मैले बोलिरहेको छु ।