धनगढी : धनगढी उपमहानगरपालिकाले पुनः गर्मी बिदा दिएको छ । अत्याधिक गर्मी बढेका कारण धनगढीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भोलि असार ५ गतेदेखी ७ गतेसम्म बिदा दिएको हो ।
यसअघि उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म बिदा दिएको थियो ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले जारी गरेको विज्ञप्तिमा बढ्दो अत्यधिक गर्मीले बालबालिका तथा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।
Facebook Comments Box