धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीमा एक जना सेवाग्राही गर्मीले लाइनमै ढलेका छन् । मंगलबार राष्ट्रिय परिचय पत्र बनाउन आएका एक जना सेवाग्राही गर्मीले लाइनमै बेहोस भएका हुन।
जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी गर्मीका कारण ढलेका हुन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार हुँदैछ।
अत्याधिक गर्मीका कारण धनगढीमा बेहोस भएका एक जनाको आजै मृत्यु भएको छ ।
Facebook Comments Box