काठमाडौं : कैलालीमा कुलोमा डुबेर युवकको ज्यान गएको छ। गर्मी छल्न कुलोमा नुहाउने क्रममा लम्कीचुहा नगरपालिका-५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो ।
जानकी गाउँपालिका–५ अमौरास्थित कुलरिया खर्गौली बडका बिच्की कुलोको इन्टेकमा नुहाउने क्रममा उनी मंगलबार दिउँसो पानीमा डुबेका हुन्। सात जना सँगै नुहाइरहेका बेला विष्ट पानीमा डुबेर बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीका अनुसार उनलाई साँझ ५ बजेतिर फेला पारिएको थियो।
प्रहरीका अनुसार विष्ट स्थानीय राष्ट्रिय माविबाट यस वर्ष एसइई परीक्षा दिएर बसेका विद्यार्थी हुन्।
Facebook Comments Box