कञ्चनपुरः कञ्चनपुरमा नहरको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँका १५ वर्षीय बालक अबिरल चन्दको बुधवार ज्यान गएको हो।
बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।
Facebook Comments Box