चितवन : गृहमन्त्री रवि लामिछानेले दर्जनभन्दा बढी सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे ।
उनले जिबि कहाँ छन् भन्ने कुरा जानकारी भइसकेको र मलेसियाका गृहमन्त्रीसँग पनि आफ्नो कुराकानी भएको बताएका छन ।
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।
Facebook Comments Box