काठमाडाैं: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जीबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्। आफ्ना पूर्व पार्टनरसमेत रहेका राईको लोकेशन पत्ता लागिसकेको र नेपाल ल्याउने तयारी थालिएको उनले बताएका हुन्।
बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मलेसियाको गृहमन्त्रीले जिबी राईको लोकेशन कन्फर्म गरेको बताए।
उताका गृहमन्त्रीकाे कुराकानीमा जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भएको उनले बताए।
सुपुर्दुगी सन्धिलगायतका कारणले राईलाई तत्काल नेपाल ल्याउन नमिलेको लामिछानेले बताएका छन्। लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताए।
Facebook Comments Box