काठमाडौं : जेठ २८ मा पूर्वी नेपालबाट भित्रिएको मनसुन अझै देशैभर फैलिन सकेको छैन।
मनसुन प्रणाली आजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फैलिए पनि सुदूरपश्चिम प्रदेशमा पुग्न सकेको छैन।
प्रदेशमा मनसुन सुरु नहुँदा तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी अत्यधिक बढेको छ । गर्मीले दुई जिल्लाका बासिन्दाको जनजीवन प्रभावित भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीमा मनसुन पुग्न अझै केही दिन समय लाग्ने छ।
नेपालमा औसत मितिभन्दा तीन दिन छिटो कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिए पनि देशभर सक्रिय नहुँदा किसानलाई धान खोप्न समस्या भइरहेको छ।
Facebook Comments Box