धनगढी : डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासँगै औद्योगिक विकास तथा रोजगारी सिर्जनामा उत्कृष्ट योगदान दिए बापत वरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सापकोटा र उनका दाइ वसन्त सापकोटा (अमेरिका)लाई संयुक्त रूपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यमिक विद्यालयका अध्यक्ष धनबहादुर सिंह, प्रधान अध्यापक खड्कबहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दनपत्र प्रदान गरे ।