धनगढीः धनगढीमा रहेको एक होलसेल पसलमा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ। बिहीबार राति धनगढी उपमहानगरपालिका–४ मा रहेको जिएस ट्रेडर्समा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको हो। विद्युत सर्ट भएर आगलागी भएकोमा राति साढे ९ बजे दुई दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको थियो।
विद्युतको तार सर्ट भएर आगलागी भएपछि होलसेल पसल जलेर खरानी भएको बताइएको छ।
Facebook Comments Box