धनगढी: बझाङको तल्कोट गाउँपालिका सुनिकोटका भन्टु धामी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। धामीको ड्रेस, टेबलमा मदिराको गिलास र छेउमा मदिरा सेवन गरिरहेकी युवतिसहितको तस्वीरले धामी भाइरल भएका हुन्। यो तस्वीर भाइरल भएपछि धामीको पहिचान र चरित्रमाथि विभिन्न प्रश्न उठेका छन्।
धामी बझाङको दारे मष्टो र लाटो मष्टोका धामी हुन्। स्थानीयबासीका अनुसार यो तस्बीर १३/१४ वर्ष पुरानो हो। उनी काम विषेशले नेपालगन्ज गएका बेला एकजना आफन्तको होटलमा गएका थिए। तिनै आफ्न्तले झुक्काएर यो तस्बीर खिचिएको उनको भनाई छ।
धामी व्यक्तिगत कामले नेपालगन्ज गएका बेला एक जना आफन्त होटलमा युवतीसँग मदिरा सेवन गरिरहेका थिए। त्यहीँ समयमा त्यहाँ पुगेका धामीलाई टेबलमा आग्रह गरियो। धामी टेबलमा बस्ने बित्तिक्कै ती व्यक्तिले तस्बीर लिएको र अहिले भाइरल गराईरहेको बुझिएको छ।
धामीले मदिरा सेवन नगर्ने र धुम्रपान मात्र गर्ने बताइएको छ। तस्वीरले उनलाई गलत रूपमा प्रस्तुत गरेको छ, र यसले उनको प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको छ।
धामीका परिवार र साथीभाइले यो तस्वीरको वास्तविकता प्रष्ट्याउँदै धामीको बचाउ गरेका छन्। उनीहरूले भन्टु धामीलाई धार्मिक र परम्परागत काममा समर्पित व्यक्ति बताउँदै मदिरा सेवन नगर्ने कुरामा जोड दिएका छन्।